•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३- ० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुग्न सफल भएको हो ।

संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले 1-एक गोल गरेका थिए । खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई एक सुन्यको अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीले थप दुई गोल को अग्रता लिएको थियो । प्रतियोगितामा बुधवारदेखि सेमिफाईनलका खेलहरु हुनेछन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *