सुनसरीको बराहाक्षेत्रबाट ९ हजार ९८२ राउण्ड गोली र एकथान एस एम जी बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नविन पान्डे –

सुनरीको बराहाक्षेत्र नगरपालीका वडा नं ५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाढेर राखेकाे अवस्थामा एक थान एस.उम.जि र बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९८२ राउण्ड गोली फेला परेको छ । पुर्वी पृतना मुख्यालय इटहरीलाइृ प्राप्त बिशेष सुचनाको आधारमा नेपाली सेनाले गाढेको ठाउबाट खनेर निकालेको हो ।

करिब ५ बर्ष अगाढी ढलाइृ गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्धन्द्धकालमा प्रयोग भएको गोली र हतियार हुन सक्ने अनुमान गरिएको छ । धेरै बर्ष देखि उत्त ठाउमा खेमराज प्रधानले कुखुरा पालन समेत गर्दै आएका थिए । प्ररम्भीक चरणमा प्रहरीले मुचुल्का उठाउदै यो कहिले र कस्ले गोढेर राखेको भन्न नसकिए पनि अनुसन्धन बाट खुल्दै जाने सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोख्रेलले बताए ।

शसस्त्र द्धन्द्धकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको गोली तिन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले गाडेर राखिएको थियो । नेपाली सेनाको बिशेष सक्रियतामा गाढिएको अवस्थाबाट निकालीएको उक्त गोलीहरुलाई कानुनि प्रक्रिया अनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *