•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि सकिनु ६ वर्षअघि नै नवीकरण गरेको भन्दै नेपाली काग्रेसले विरोध जनाएको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन नै प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र पाण्डेले गोकर्ण फरेस्ट रिसोर्टको लिजका बिषयमा विरोध जनाउका हुन । बारम्बार नेपाली जनता र मिडियाले लिजको पनुरावलोकन हुनपर्छ भनिरहेको अवस्थमा फेरि त्यही कम्पनीलाई कौडीको भाउमा दिनुको मतलब के हो? भनि उनले प्रश्न गरे । उनले यो बिषय भष्ट्राचारको शून्य सहनशिलता नभइ भष्ट्राचारमा अझै लिप्त भएको अनुभव गरेको बताए । उनले अहिले सरकारमात्र परिवर्तन भएको भन्दै व्यवस्था परिवर्तन नभएको स्पष्ट पारे । उनले बिभिन्न संविधान विरोधी कानून बनाउन खोजिएको भन्दै आपत्ती समेत जनाए ।

त्यस्तै राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालले विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षीदलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको बताए । निर्वाचन र पार्टीको एजेण्डा फरक कुरा भएकाले राम्रो कुराका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्यको कुरा नभएका उनको भनाई रहेको थियो ।

संघीयताको कार्यान्वयन, राष्ट्रिय सहमति र समाधान तथा विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सहकार्य हुनु नै राजनीतिक आचरण भएको उहाले बताउनुभयो । बैठकले विभिन्न मितिमा निधन भएका चार जना पूर्व सांसदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्काे बैठक यही पुस ७ गते दिउँसो १ बजे बस्नेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *