‘घरबाटै शुरु गरौंँ‚ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छिन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरेका छन् । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर ९ सम्म महिला हिंसाविरुद्धको अभियान सञ्चालन हुने गर्दछ । महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ ।

लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन गर्दै आएका छन । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना हुने गरेका छन । गत आर्थिक वर्षमा १८ हजार ९ सय ३७ वटा महिला हिंसाका घटना भएको प्रहरी तथ्यांक छ । घरेलु हिंसा, जबरजस्ती करणी, दाइजो प्रथा, बालविवाह, बहुविवाह, छुवाछुत, बोक्सी आरोप, अवैध गर्भपतन लगायतका घटना बढी हुने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय