कात्तिक २५ गतेवाट शुरु भएको जनगणना आज सकिदैछ । बुधबारसम्म ९५ प्रतिशत गणना सकिएको र बाँकी आज सकिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना सफल उन्मुख भएको विभागले जनाएको छ ।

लमजुङमा र रुपन्देहीमा अभियान्ताहरुले योजनाबद्ध रुपमै गणक माथि दुव्र्यवहार गरेको विभागले जनाएको छ । विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका छन् ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । विभागले मङ्सिर नौ गते गणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा सबै गणनाको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय