शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका जनतालाई उचित बासस्थान दिने बताएकी छन । बिहीवारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीमा मन्त्री झाँक्रीले सरकारको १५ आँै योजनामा उचित बासस्थान दिन कार्यक्रम बनाएको जानकारी दिईन ।

अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई संविधानमा व्यवस्था भए बमोजिम विभिन्न जिल्लामा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको उनले बताईन ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले भत्काएका निजी घरहरुको पुनःनिर्माण लगभग सकिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय