नयाँ नेतृत्व चयनका लागि भोलीदेखि १२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । ५ लाख जनसहभागिता गराउने गरी एमालेले शुक्रबार चितवनमा महाधिवेशन उदघाटन गर्दैछ । चितवनमा आयोजना हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि नेता, कार्यकर्ता र मजदुर रातभर काममा खटिएका छन् ।

तीन सय जना मानिस अटाउने मञ्च निर्माण भैरहेको छ । त्यसैगरी उद्घाटन समारोहको प्रत्यक्ष प्रसारणका लागि नदी किनारमा पाँचवटा एलसीडी स्क्रिन पनि राखिनेछ । यसका साथै एमालेले आफ्ना नेता, कार्यकर्ताका लागि सेल्फी प्वाइन्ट पनि नारायणी नदी किनारमा बनाएको छ । मञ्च निर्माणमा मात्र एमालेले करिब ४० लाख रुपैयाँ लगानी गरेको छ । महाधिवेशनको लागि ४ हजार बस बुकिङ भइसकेको नेकपा एमालेले जनाएको छ । चितवनसहित बागमती प्रदेशबाट करिब ३ लाख मानिस सहभागी हुने अपेक्षा छ ।

प्रदेश २ बाट १ लाख मानिस आउने बताइएको छ । लुम्बिनीबाट ७५ हजार, गण्डकीबाट ५० हजार र प्रदेश १ बाट २५ देखि ३० हजार मानिस आउने एमालेको अपेक्षा छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट स्वस्फुर्त रुपमा कति आउने एकीन भएको छैन । पार्टीको दशौँ महाधिवेशन गर्न लागेको एमालेले चितवनका ११ ठाउँमा पार्किङको व्यवस्था गरेको जनाएको छ । शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय