नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् । सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उनले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताए ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताए । उनले ‘सचिव पोष्ट पदाधिकारीको इन्ट्रान्स पोइन्ट भएकोले इन्ट्रान्स गेट बन्द गरेर सहमति नहुने बताए ।

सचिव पदमा दाबी गर्दै आएका बस्नेतले सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना नयाँ अनुहारलाई समावेश गराउनुपर्ने बताए । उनले यस्तो नगरिए पार्टी पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुने टीप्पणी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय