आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीवार दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा भएको आफ्नो तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको हो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा मात्र एक विकेट गुमाएर पुरा ग¥यो ।

नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतकी मारिया जस्वीले एक विकेट लिइन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अल आउट हुदै २७ रनमा समेटियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन तथा करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए । छनोटको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

नेपालले अव शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ । शीर्ष स्थानमा रहेर आगामी वर्ष हुने टि–२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुबै खेलमा सानदार जित हात पार्नुपर्ने हुन्छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई २ खेलमा ४ अंकका साथ नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय