अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले नीजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको र राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएकाले निजी क्षेत्रले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन् । उनले सरकारसँग मिलेर ठूला पुर्वाधार निर्माणमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले प्रयास गरिहेको बताए । कर्जाको माग बढेकोले तरलताको समस्या देखिएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने बताए । उनले साना उद्योगका लागि विशेष कार्यक्रम ल्याउन आग्रह समेत गरे ।

अध्यक्ष गोल्छाले नेपालको पूर्वाधार विकासका लागि अमेरिकी सहयोग परियोजना एमसीसी लिनुपर्ने पनि बताए । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने दाबी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय