मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ ।

केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ । कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय