नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिने निर्णय गरेको हो ।दूरसञ्चार प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी परीक्षणका लागि अनुमति पाएको बताए । टेलिकमले फाइभजी परीक्षणको अनुमति पाएसँगै त्यसलाई चाहिने आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले परीक्षण शुरू गर्न केही समय लाग्ने उनले बताए ।टेलिकमले फाइभजी परीक्षणका लागि २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जसम्म जम्मा ६० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ । यसअघि यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिने निर्णय गरेको थियो ।

प्राधिकरणले केही समय अगाडि ल्याएको फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धि कार्यविधि २०७८ मा परीक्षणका लागि दिइएको फ्रिक्वेन्सी परीक्षण समाप्त भएपछि प्राधिकरणले फिर्ता लिने उल्लेख गरिएको छ । त्यस्तै फ्रिक्वेन्सीको अधिको अवधि १ वर्षको हुनेछ ।टेलिकमले परीक्षण अवधिभरको फ्रिक्वेन्सीको दस्तुर सरकारलाई बुझाउनु पर्ने छैन् । साथै परीक्षण अवधिकभर टेलिकमले ग्राहकबाट कुनै किसिमको शुल्क लिन पाउने छैन् ।आईटिसमाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय