मिति २०७८ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौं । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५ः१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो ।

मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक-परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो ।

अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।

हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन÷नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखीरहनु भन्दा नेपालगञ्ज सम्म पु¥याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पु¥याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो ।

पुनश्चः निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौं ।नागरिक उड्डयन प्राधिकरणको विज्ञप्तीमा भनीएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय