पूर्व मन्त्री रामचन्द्र झा मंगलबार एक समारोह बीच नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । झालाई एक समारोहका बीच सो पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले प्रवेश गराएकाहुन । तराइ क्षेत्रका ठूला नेताका रुपमा रहेका पूर्व मन्त्री झा केहीदिन अघि नेकपा एकीकृत पार्टी त्याग गरेका थिए ।समारोहमा पूर्व प्रधानमन्त्री नेपालले नेकपा एकीकृत समाजवादीको देशको ठूलो शक्ति बन्नेतर्फ अग्रसर रहेको बताए । केहीदिन भित्रै ठूल ठूला नेताहरु यसमा आइरहेका छन बताउँदै उनले भने इमानदार नेतालाई जोडने कार्य आफूहरुले गरिरहेको बताए ।

पूर्वमन्त्री रामचन्द्र झाले केपी ओलीको पार्टीलाई तराइर्मा समाप्त पारिने आफनो लक्ष्य रहेको बताए । उनले भने जनता बैकल्पिक शक्ति खोजीरहेका थिए, जो माधव नेपाल नेतृत्वको पार्टीले दिन सक्ने देखेर यसमा आएको दावी गरे । झा सहित २ हजार व्यक्ति पार्टी प्रवेश गरेका छन ।त्यसैगरि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालले न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।

अध्यक्ष नेपालले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल गरेर आपसमा समझदारी गरी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘यसका लागि सम्बन्धित पक्षहरूबाट चाँडै कुराकानी हुन्छ । हामीले पनि प्रधानमन्त्रीलाई यो विषयमा पहल गर्न आग्रह गरिसकेका छौँ । छिटोभन्दा छिटो टुङ्गो लगाउनु आवश्यक छ । वार्ता संवादभन्दा ठूलो अरु केही हुन सक्दैन ।’

सरकारको सवालमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए । उनले विभिन्न पार्टीहरूको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरूलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पु¥याउन आवश्यक रहेको धारणा राखे ।

अर्को प्रसंगमा बोल्दै नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाढि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय