सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा मनाङले जाउलाखेल युथ क्लवलाई एक शुन्यले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टिमले पोष्टमा उल्लेख्य प्रहार गर्न सकेनन् ।

खेलको ३० औं मिनेटमा मनाङका ओलावाले अफिजले गरेको गोल रेफ्रीले अफसाइड दिएपछि मनाङ अग्रता बनाउनबाट चुकेको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा मनाङले आक्रामक खेल खेलेको थियो । जसमा एक पटक अफिज ओलाओलले पाएको अवसर गुमाएका थिए भने अर्को पटक कप्तान अञ्जन विष्टको हेडर प्रयास विफल भएको थियो ।

तर ५६ औं मिनेटमा मनाङले गोलको खडेरी तोडेको थियो । उसका लागि दिनेश राजवंशीले गोल गर्न सफल भए । जसका कारण मनाङले खेलमा एक शुन्यको अग्रता बनायो । खेलको ७२ औं मिनेटमा जाउलाखेलले खेल बराबरी गर्ने मौका पाएको थियो । जसमा उसका खेलाडी असफल बने । यस अघि आजै भएको पहिलो खेलमा इन्जुरी समयमा निर्णायक गोलसँगै ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली एपीएफसँग ३–२ गोलले हराउँदै विजयी सुरुआत गरेको छ ।

दुवैले पहिलो हाफमा १–१ को बराबरी खेलेका थिए । १२औं मिनेटमा ब्रिगेड व्वाइजले दिनेश राईले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । तर, अग्रता धेरैबेर टिक्न सकेन । १७औं मिनेटमा आशिष लामाले बराबरी गोल फर्काए । उनी अघिल्लो सिजन लिगका सर्वाधिक गोलकर्तासमेत हुन् ।

त्यसअघि १४औं मिनेटमा एपीएफले बराबरी गर्ने अवसर खेर फालेको थियो । प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन । पहिलो खेलमा दुई विभागिए टिम त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लव खेल्नेछन भने दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लव र न्युरोड टिम एनआरटीविच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय