प्रधानमन्त्री शेरवहादुर देउवाले विपी कोइरालाले सुरु गरेको सुनसरी खोला सिचाई आयोजनालाई पूर्णता दिन नेपाल सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने वताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले सुनसरी र मोरगंका कृषि योग्य जमिनमा सिचाई सुविधालाई सुरु गरेको सुनसरी खोला सिचाई आयोजनालाई पुर्णता दिन सरकारले आगामी बजेटमा रकम विनियोजन गर्ने वताएका हुन् ।

नेपाली काँग्रेसका सस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनैतिक कर्मभुमिका रुपमा परिचित सुनसरीको दक्षिणी क्षेत्रमा सिचाई सुविधाका लागि कोइरालाले तत्कालिन समयमा सुनसरी खोला सिचाई आयोजना सुरु गरेपनि त्यस समय पछिका कुनै पनि सरकारको ध्यान नपुग्दा लामो समय देखि विपीले परिकल्पना गरेको सुनसरी खोला सिचाई आयोजना पुरा हुन सकिरहेको छैन । यसै विच सुनसरीको देवानगंज गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले सुनसरी खोला सिचाई आयोजनाका लागि सरकारले बजेट विनियोजन गर्ने वताएका हुन् ।

प्रधानमन्त्री देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आग्रह गर्दै चुनावमा हार जित हुने हुँदा त्यसलाई सहजताका साथ लिएर पार्टीलाई अझ वलियो वनाउन नेता कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिए ।

देवानगंज गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ९ करोड लागत लागेको र ३ वटा हल सहित २६ कोठा रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईले जानकारी दिए । सो अवसरमा देवानगंज गाउपालिकामा उदाहरणीय काम गरेर नमुना गाउपालिका वनाउन सफल भएको भन्दै प्रधानमन्त्री देउवाले गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहतालाई नेपाल सरकारको तर्फबाट सम्मान पत्र समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय