ईलाका प्रहरी कार्यालय रंगेलीले १६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका १ स्थित बिशाल बजार चौक नजिकै बाट उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पो लाई सखरदिनाको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा १६ केजी गाँजा बरामद गरेको हो ।

प्रहरीले टेम्पो चालक बेलबारी नगरपालीका ३ बस्ने वर्ष २४ को बुद्दराज राई लाई टेम्पो सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय