दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्व अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज पन्ध्र पूरा भएको छ । सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ मंसिर ५ गते अर्थात आजकै दिन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताको पन्ध्र बर्ष पूरा भएपनि सो अनुसारका काम भने अझै हुन सकेका छैनन् । शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । सम्झौता अनुसार गठन भएका बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगले काम सकेको छैन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका ६३ हजार भन्दा धैरै उजुरीको सुनुवाइ हुन सकेको छैन । बेपत्ता छानविन आयोगमा परेका उजुरीको पनि किनारा लाग्न सकेको छैन । आयोगले प्रभावकारी काम गर्न नसक्दा ६५ हजार पीडित अझै न्यायको पर्खाइमा छन् । सम्झौतामा उल्लेख भएअनुसार द्वन्द्वको अन्त्य, संविधान सभाको निर्वाचन गरी संविधान बनाउने, गणतन्त्र घोषणा, माओवादी लडाकुको व्यवस्थापन जस्ता मुख्य कार्यभार भने पुरा भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय