दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आमा छोरासहित थप दुई युवा रहेका छन् ।पक्राउ परेका आमा छोराले तुलसीपुर क्षेत्रमा ब्राउन सुगुरको मुख्य कारोबारी भएको प्रहरीको भनाई छ । बुवाले भारतबाट ल्याउने र आमा छोराले पुडिया बनाएर बिक्रि बितरण गर्ने गरेको हुँदा उनीहरु नै तुलसीपुर क्षेत्रको मुख्य डिलरको रुपमा रहेको दाबी प्रहरीले गरेको छ ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगरको गोप्य रुपमा बिक्रि वितरण भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार बेलुकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याललको नेतृत्वमा खटिएको प्रहरी टोलीले आमा छोराले संगै बसेर घरमै पुडिया बनाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

त्यसरी पक्राउ पर्ने आमा छोरामा तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ बिद्युत पछाडि घर भइ तुलसीपुर ५ स्थित माइती घरमा बस्दै आएकी ३८ बर्षीया सुशीला श्रेष्ठ र उनका १८ बर्षीया छोरा रोहन श्रेष्ठ रहेका छन् ।

उनीहरु ब्राउन सुगरका १०० वटा पुडियासहित पक्राउ परेको डिएसपी अर्यालले बताए । उनीहरुको साथबाट ९९ वटा साना पुडिया र एउटा ठूलो पुडिया गरि १०० वटा ब्राउन सुगरका पुडिया फेला परेको प्रहरीले जनाएको छ । उक्त ब्राउन सुगर प्लाष्टिक हटाएर तौल गर्दा १९ ग्राम ७१० मिली ग्राम तौलको पुगेको डिएसपी अर्यालले जानकारी दिए ।

आमा छोरालाई संगै बसेर ब्राउन सुगरको पुडिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरु ब्राउन सुगर वितरण गर्ने तुलसीपुरको मुख्य डिलर नै रहेको प्रहरीले दाबी गरेको छ ।डिएसपी अर्यालका अनुसार सुुशीलाका श्रीमान बशन्त श्रेष्ठले छिमेकी देश भारतबाट ब्राउन सुगर खरिद गरि ल्याउने र घरमा ल्याएर आमा छोराले पुडिया बनाएर ग्राहक खोजेर बेच्ने गरेको कुरा खुल्न आएको बताए ।

उनीहरुले एउटा पुडियालाई कम्तिमा एक हजारदेखि एक हजार पाँच सयसम्म बिक्रि गर्ने गरेको बयान प्रहरी समक्ष दिएको प्रहरीेले जनाएको छ । श्रेष्ठका आमा छोरा समेत ब्राउन सुगरका प्रयोग कर्ता रहेको डिएसपी अर्यालले बताए ।

थप २ युवक पक्राउ

शनिबार नै प्रहरीले तुलसीपुरबाट थप दुई जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।तुलसीपुर ५ बसपार्क निवासी २५ बर्षीया धिरज बुढाथोकी र बबई गाउँपालिका वडा नं। ४ घर भइ हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा बस्ने २० बर्षीय प्रख्यात शाह पक्राउ परेका छन् ।

गोप्य सुचनाका आधारमा प्रहरी निरिक्षक झलकप्रशाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसपार्कवाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।बुढाथोकीको साथबाट बरामद पाँच पुडिया ब्राउन सुगर प्लाष्टिक हटाएर तौल गर्दा त्यसको तौल ५४० ग्राम र शाहको साथबाट बरामद चार पुडिया ब्राउन सुगर प्लाष्टिक हटाएर तौल गर्दा २६० ग्राम तौल पुगेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिउको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय