राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । राष्ट्रपति भण्डारीले काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिइन् ।

शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा मुलुक बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको बताइन् ।

राष्ट्रपति भण्डारीले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेकामा प्रशंसा गरिन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पु¥याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मेयर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताए ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय