पर्वतको कुश्मा अन्तर्गत रानीस्वाँरामा दुइ वस्तीका ३५ घर पहिरोका कारण जोखिममा रहेका छन् । खेत तथा आँगनमा धाँजा फाटेर वस्ती नै जोखिममा पर्दा पनि कसैले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।पर्वतको कुश्मा हुँदै पञ्चासे जाने सडकखण्ड अन्तर्गत रानीस्वाँरामा दुई सय रोपनी खेतसहित दुइ वस्तीका ३५ घर पहीरोको जोखीममा रहेका छन् । कुश्मा नगरपालिका ११ रानीस्वाँराको वस्तीमा गएको साउनमा आएको वाढी त्यस पछिको असोज कार्तीकको पहीरोले जमीन धाँजा फाटेर जोखीममा रहेको हो ।कुश्मा शिल्मी हुँदै पञ्चासे क्षेत्र जोडने सडकमा पहीरो खस्दा अहीले वस्ती सहित सयौं रोपनी खेत बगाएको छ । खेत तथा घर आँगनमा धाँजा फाटेर वस्ती समेत जोखीममा परेको भएपनि कसैले चासो नदीएको स्थानीयको गुनासो छ ।

पहीरो जान थालेपछि जिल्ला प्रशासन, सुरक्षा निकाय, नगर पालिका सबै क्षेत्र धाएका स्थानीयहरुले कहिँबाट पनि सहयोग नपाएको गुनासो गरेका छन् । पहीरोले अहीले सिँचाई खानेपानी समेत बगाएको छ । एक आधारभुत विद्यालय समेत जोखीममा परेको छ । स्थानीयका अनुसार पहीरले रोपेको खेत धाँजा फाटेर पुरीएपछि अहीले अन्न भित्र्याउने समयमा भोकमरीको समस्या भएको छ ।

पहीरोका कारण चौपाय चराउन समेत समस्या भईरहेको छ । धाँजा फाटेर रोप्न अयोग्य भएको खेत र वस्तीको संरक्षणका लागि बैकल्पिक खेती सहीतको वस्ती विकास आवश्यता देखिएको हो । पहिरो खसे देखी नै आँफुहरुल जिल्लाका सरकारी कार्यलयहरुमा हारगुहार मागेको भएपनि सुनुवाई नभएको स्थानीयले बताएका छन् ।

ठूलो क्षति देखिएकोले स्थानीय तहको बजेटले केहि गर्न नसक्ने जनप्रतिनिधिको भनाइ छ । प्रदेश सरकार र संघबाट नै पहल नहुने हो भने यहाँको जोखिम झन बढ्ने चिन्ता छ ।पटक पटक जनप्रतिनिधिसहित प्रदेश र जिल्लाका कर्मचारीहरुले अवलोकन गरेर जाने गरेको भएपनि ठोस योजना र राहत दिलाउन नसक्दा स्थानीयले सञ्चार माध्यम गुहारेका छन् । विषेश गरी खेती किसानी गरेर दैनीकी गुजारा चलाउने यस क्षेत्रका मानीसहरुले अहिले पहीरो कै कारण घाँस दाउरा गर्न समेत जान नसक्ने अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय