सिन्धुपाल्चोकको अरनिको राजमार्गमा बाइक र भ्यान ठोक्किदा १ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आएको ट्रकले एक मोटरसाईकललाई ठक्कर दिंदा मोटर साईकलमा सवार बाह्रबिसेका एकबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

सोही मोटर साईकलमा सबार आशिस श्रेष्ठ गम्भिर घाईते भएका छन । काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा ५ ख ४२८२ नम्बरको भ्यानले काठमाडौं तर्फ आउदै गरेको बा ०३१ प ०५८४ नम्बरको मोटर साईकललाई ठक्कर दिएको हो । भ्यानका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय