उदयपुरमा नेपाली कांग्रेसका दुई समूहबीच झडप भएको छ । निर्वाचन क्षेत्र २ क मा दुई पक्षबीच कुटाकुट भएको हो । झडपका क्रममा चारवटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ । उदयपुर क्षेत्र नम्बर एकको खमा सरोजकुमार बस्नेत र दुईको खमा कृष्ण थापा निर्वाचित भएका छन् । एकको कममा अर्जुन दाहाल विजयी भएका छन ।

त्यसै गरि यता रुपन्देहीको भैरहवामा नेपाली कांग्रेसका कार्यकर्ताहरुबीच मतगणनास्थलमा पनी झडप भएको छ । कांग्रेसको प्रदेश सभा क्षेत्र नम्बर ३ को क क्षेत्रीय कार्यसमितिका लागि गएराति भएको मतदानस्थलमा शेरबहादुर देउवा प्यानल पक्षधरले रामचन्द्र पौडेल पक्षधरलाई कुटपिट गरेका छन् ।

कुटपिटवाट पौडेल पक्षका कार्यकर्ता शैलेश पन्त गम्भिर घाइते भएका छन । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कुटपिटपछि मतगणना स्थगित गरिएको छ । गृहमन्त्री खाँड पक्षधरका नेता शेते गुरुङले पन्त लगायतका नेताहरुलाई निर्घात कुटपिट गरेको आरोप इतर पक्षको छ । सो क्षेत्रमा देउवा पक्षबाट सुरेन्द्रजंग थापा र पौडेल समुहबाट पुरन प्रसाद श्रेष्ठ सभापतिको उम्मेदवार छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय