नेपालको राजधानी काठमाडौ विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको आज विहानको तथ्यांक अनुसार काठमाडौं विश्वका प्रदुषित दश शहरमा परेको हो ।काठमाडौंमा वायु गुणस्तर सूचकांक पार्टिकुलेट म्याटर ‘पीएम’को मात्रा प्रतिघन्टा चार सय सात माइक्रोग्राम प्रतिघनमिटर छ । जुन जनस्वास्थ्यका हिसावले घातक हो । काठमाडौंमा दुई दिनयता मौसमयमा बदलीसँगै वायु प्रदूषण बढ्दै गएको छ । पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ ।

दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, चौथोमा कीर्गिस्तानको विस्केक, पाँचौँमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका रहेका छन । नेपालकै पोखरा, विराटनगरमा सिमरामा पनि प्रदुषण बढेको देखिएको छ ।

धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदुषण बढेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् । हावामा पीएम टु प्वाइन्ट फाइभको मात्रा प्रतिघनमिटर चालिस माइक्रोग्राम राष्ट्रिय मापदण्डभित्र पर्छ ।वायु प्रदूषण बढेकाले सतकर्ता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन । घर बाहिर निस्कनुपर्ने अवस्थामा मास्क अनिवार्य प्रयोग गर्न चिकित्सकहरुले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय