शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लवले १० खेलाडीमा झरेको फ्रेन्डससँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेका हुन् ।त्यसोत खेलमा सातदोबाटोले फ्रेन्ड्सको तुलनामा राम्रो फुटबल खेलेको थियो । खेलको तेस्रो मिनेटमा मार्टिन अजाइले डीबक्सबाहिरबाट गरेको प्रहार पोष्ट भन्दा माथिबाट बाहिरिएको थियो । यस्तै दोस्रो हाफको सुरुवातमा नै सातदोबाटोले गोलका लागि केही सुनौलो अवसर गुमाएको थियो । यस्तै ५९ फ्रेण्ड्सका लागी एन्थोनी फेन्सीसका गरेको प्रहार क्रस बारमा लागेर फर्कियो ।

७३ औँ मिनेट कर्नरबाट आएको बललाई राहुल यादवले उत्कृष्ट बचाउ गरि फ्रेण्डसको खतरा टारे । ८० औँ मिनेटमा फेन्सीस दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरीएपछि फ्रेन्डस दश खेलाडीमा झर्यो । फ्रेन्ड्स १० खेलाडीमा झरेको फाइदा सातदोबाटोले लिन सकेन र बारम्बार आक्रमण गर्दापनि गोल गर्न सकेन । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र लिगमा एक एक अंक बाँडे ।

यो बराबरीपछि दुबै टिमको एक एक अंक भएको छ । प्रतियोगितामा शनिबार दुई खेल हुनेछन । जसमा पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लवविच हुनेछ भने दोस्रो खेल च्यासल युथ क्लव र थ्रीस्टारविच हुनेछ । पहिलो खेल एक बजे सुरु हुनेछ भने दोस्रो खेल पौने पाँच बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय