रौतहटको कटहरियामा गाडीमा हावा हाल्ने ट्याङ्की विष्फोट हुदा एक जनाको मृत्यु भएको छ ।कटहरीया नगरपालिका ५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोट हुदा स्थानीय समसुल मियाको मृत्यु भएको छ ।ग्यारेज संचालक रहेका मियाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागी वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ट्याङ्कीमा हावा भर्ने क्रममा क्षमता भन्दा बढी हावा भरिएपछि विष्फोट भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए । विष्फोटमा परी स्थानिय जैसी यादव घाइते भएका छन । ट्याङ्कीको फलामको टुक्रा दाहिने हातमा लागेर घाइते भएका यादवको उपचार भइरहेको डिएसपी भण्डारीले बताए ।विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्याङ्कीका टुक्राहरु टाढा सम्म छरीएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय