कार्तिक पुर्णिमाका दिन लाग्ने एैतिहाँसिक नमोबुद्ध जात्रा शुक्रबार बाट शुरु भएको छ । भगवान गौतमवुद्धको पहिलो जन्मस्थलको रुपमा लिइने गरिएको नमोवुद्धमा मेला शुरु भएको हो ।काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका १ र ११ स्थित नमोबुद्ध अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल नमोवुद्धमा लाग्ने गरेको मेलामा दर्शनार्थीहरुले आफ्ना पुर्खाहरुको स्मरण र गौतमवुद्धको शान्ति सन्देशलाई मनन् गरि हरेक वर्ष कार्तिक पुर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेलामा दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौँ दिप प्रज्जलित गर्नै गर्दै आईरहेका छन् । मेला भोली बिहानसम्म लाग्ने गर्दछ । मेलामा भर्न चीन, भुटान, ताजिकिस्तान लगायतका नेपालभरका बौद्ध धर्मालम्वीका समेत हजारौ दशनार्थी आएका छन ।

एक पटक पाइला टेकेमात्र जुगौ जुगको पाप अन्त्य भएर जाने र आफुले चिताएको मनोकांक्षा पुरा हुने थलोको रुपमा परिचित नमोवुद्धमा विशेष गरि नेवार जातका बौद्ध धर्मालम्बीहरुले हिजो रातभर आफ्ना पुर्खाहरुको सम्झनामा दिप प्रज्जलन गरि जाग्राम बसेका थिए भने आज दिनभर र रातभर तामाङ जातका धर्मालम्बीहरु वुद्धको पुजाआजा गरि जाग्राम वस्ने गरेका छन् ।

यस्तो छ मेलाको विशेषता
जिल्लाको तत्कालिन शारदा वतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउमा जादा त्यहा प्रश्रव वेदनाले टपटाएकी वघिनी र ५ डमरुको मरणासन्न अवस्थादेखिपछि राजकुमार महासत्वको मनमा दयाको भाव पलाई दाजुहरुसग वघिनीलाई वचाउन सक्ने उपाय सोधेपछि उनले वघिनीलाई वचाउनको लागि आफ्नो शरिर दान गरेका थिए भन्ने धार्मिक कथन छ ।

आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोवुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्वा निर्माण गरी दिएका थिए । आफ्नो शरिर वघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडी लुम्विनीमा तीनै राजकुमार महासत्वले मायादेवीको काखबाट भगवान गौतम वुद्धको रुपमा जन्म लिएको र आफु जन्मेपछि वुद्धले नमोवुद्धमा आई त्यही अस्तु भएको ठाउमा पुजा आजाका साथै साङगे लगाएको धार्मिक विश्वास रहदै आएको छ ।

पर्यटन क्षेत्रको लागि उर्वराक्षेत्रको रुपमा समेत रहेको नमोवुद्धमा कुतुङटासी छोडिरु गुम्वाको साथै हजारौ माने र कलात्मक वुद्धका मुर्ति रहेका छन ।नमोवुद्धमा कातिक पुर्णिमा वाहेक चैत्र पुर्णिमा र साउन महिनाको प्रत्येक वुधवार समेत ठुलो मेला लाग्ने गरेको छ । मेला भर्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभइ विदेशबाट बौद्धधर्मालम्बीहरु समेत आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय