पुर्व परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागीता बोलीमै मात्र सिमित हुने बताएका छन् । सञ्चारिका समूहले बिहीवार काठमाडौँमा गरेको कार्यक्रममा ज्ञवालीले महिला सहभागितालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मुल्य मान्यताबाट स्खलित हुँदै गएकाले महिलाहरु राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतिपुर्ण बन्दै गएको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले कानुनमा नै बाध्यकारी बनाएको व्यवस्था बाहेक पदाधिकारी र निर्णायक तहसम्म महिला सहभागिताका लागि सबैसंग छलफल, बहस, सहकार्य र समन्वय आवश्यक रहेको बताइन । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाको आसन्न महाधिवेशले पार्टीको महासचिव र उपाध्यक्षमा महिला निर्वाचित गर्ने दाबी गरे । राष्ट्रिय सुचना आयोगका पुर्व सदस्य यशोधा तिम्सिनाले कानुन अनुसार बाध्यकारी व्यवस्था बाहेक पदाधिकारी तहमा महिला सहभागीता बढाउने तर्फ दलका नेताहरुको ध्यानाकर्षण गराईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय