नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । नेपाल बक्सिङ संघको निमन्त्रणामा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज आष्ट्रपति भवन शितल निवाशमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो ।

भेटघाटका क्रममा राष्ट्रपति र टोलीबीच विश्वमा बक्सिङ खेलको अवस्थाबारे छलफल भएको छ । राष्ट्रपति भण्डारीले खेल मार्फत नेपालले विश्वमा आफूलाई चिनाउन थालेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय