जिल्ला कारागार रौतहटमा एक कैदीले शौचालयमा पासो लगाएर आत्महत्या गरेका छन । देवाही गोनाही नगरपालिका ७ का लडाई साह कारागार भित्रको शौचालयमा झुण्डीएको अवश्थामा फेला परेका हुन ।२०७६ बैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार नगद जरिवाना सजाय सुनाएको थियो ।

अपरहण, शरिर बन्धक तथा जर्बजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका साह शौचालय भित्र छिरेको लामो समयसम्म पनि बाहिर नआए पछि कैदी बन्दीहरुले भित्र हेर्दा उनी झुण्डीएको अवश्थामा फेला पारेका थिए ।कारागार प्रशासनले उनलाई जिल्ला अस्पताल गौरमा लग्दा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय