पुर्व प्रधानमन्त्री तथा नेपाल कमनियुष्ट पाटी एकिकृत समाज बादी पाटीका अध्यक्ष माधव नेपाल ले हिन्दु धर्मले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गरेको बताएकाछन् ।बुधबार डोटी जिल्लाको सदरमुकाम सिलगढीमा पुजाका लागि नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेमगर सहित पुगेका नेपालले उक्त कुरा बताएकाहुन।

सुदुरपश्चिम प्रदेशमा सङ्गठन बिस्तारमा जुटेका पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि समय मिलाएर शैलेस्वरी मन्दिरको पुजा सहित बडिकेदार दर्शनका लागी बडी केदार आएको बताए ।

आजै मन्त्री आलेको गृह जिल्ला समेत रहेको डोटीको बडिकेदार गाउँपालिकामा रहेको बडिकेदार मेला भर्नको लागि आएका मन्त्री सहितको टोलिले बिहान शैलेस्वरी मन्दिरको पुजाआजा गरेका थिए।शैलेस्वरी मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष प्रेम संकर भट्टले शैलेस्वरीको महिमा महत्व इतिहास बताउदै शैलेस्वरी माताले मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री भए पश्चात पहिलो पटक हेलिकप्टर बाट गृह जिल्ला पुगेका पुर्व प्रधानमन्त्री नेपाल सहित मन्त्री आलेलाइ दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, राजनीतिक दलका नेता तथा कार्यकर्ताले फुल माता सहित स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय