मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा बुधबार बिहान ५स्३० बजे देखि भीषण आगलागी भएको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा आगलागी भएको छ। नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर आएपछि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरी जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी ,ससस्त्र प्रहरी , विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको थियो । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । करोडौंको क्षेती भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय