नेपालमा थप ३ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३९ र २ हजार ६ सय ४४ जनाको एन्टीजेन्ट परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा १ सय ४५ संक्रमित थपिएका छन् ।

काठमाडौँमा १ सय १, ललितपुरमा ३३ र भक्तपुरमा ११ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख १२ हजार ८ सय ४६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७० जना कोरोना संक्रमण मुक्त हुँदा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ ।

हाल देशभर ७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु हुँदा हालसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

नेपालमा ७६ लाख २४ हजार ४८ जनाले पूर्ण मात्रामा खोप पाएका छन । ८९ लाख ११ हजार नौ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय