राष्ट्रिय गौरवको आयोजनामा पर्ने पथलैया–वीरगञ्ज एकतिस किलोमिटर छ लेन व्यापारिक मार्ग निर्माण कार्य अझै पुरा भएको छैन । २०७३ सालमा दुई बर्षभित्र सम्पन्न गर्ने सडक निर्माण थालिएको भएपनि पाँच बर्ष वित्दा पनि त्यसले पुर्णता पाउन नसकेको हो ।

२०७३ सालदेखि शुरू भएको पथलैया–बिरगंज एकतिस किलोमिटर छ लेन सडक विस्तार पाँच बर्ष हुँदा पनि पुरा भएको छैन । सम्झौता अनुसार तीस महीना अर्थात् २०७५ माघ मसान्तसम्म यो सडकखण्डको काम सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको समयभन्दा करीब तीन वर्ष बढी बितिसक्दा पनि अहिलेसम्म ७५ प्रतिशत मात्र काम भएको छ ।

बाइट संजीबकुमार गुप्ता ईन्जिनियर, पथलैया–वीरगंज व्यापारिक राजमार्ग योजना
कोरोना संक्रमण, निर्माण सामाग्रीको अभाव लगायतका कारण देखाउदै ठेकेदार कम्पनीले सडक निर्धारित समयमा निर्माण नगरेको हो । पछिल्लोपटक सडकखण्ड विस्तारको म्याद चालू आवको चैत मसान्तसम्म तोकिएको छ ।

निर्माण सामग्री, निर्माणस्थल, प्राविधिक कारणले विगतमा सडक निर्माणको म्याद थप भएपनि अव भने ठेकेदारलाई समय नदिइने सडक आयोजनाले जानकारी दिएको छ । तोकिएको समयमा सडक विस्तार पुरा नहुदा आसपासका बासिन्दा भने सास्ती ब्यर्होन बाध्य छन । सरकारी निकायकै कारण सडक निर्माणमा ढिलाइ भएको जितपुरसिमरा सर्वजनिक सरोकार समितिको भनाइ छ ।

व्यापारिक मार्गको वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत पथलैया चोकदेखि सूर्य नेपाल सिमरासम्म ९४ प्रतिशत सडकको काम सकिएको छ । सूर्य नेपालदेखि सैनिक ब्यारेक जीतपुरसम्म ५५ प्रतिशत सडकको काम पुरा भएको छ ।

सैनिक ब्यारेकदेखि परवानीपुरसम्म ८० प्रतिशत, परवानीपुरदेखि गण्डकचोकसम्म ९१ प्रतिशत सडकको काम सकिएको छ । परवानीपुरदेखि गण्डक नहरसम्म ६० प्रतिशत, गण्डक नहरदेखि हरपतगंजसम्म ८३ प्रतिशत, हरपतगंजदेखि श्रीसिया सुक्खा बन्दरगाहसम्म ६६ प्रतिशत सडकको काम मात्रै पुरा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय