रोल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । रोल्पाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जीप आइतबार विहान घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुनको मृत्यु भएको हो । तीन जनाको घटनास्थलमा र लिलाको उपचारका लागि अस्पताल लैजादै गर्दा वाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सबै माडी गाउँपालिका–६ का रहेका छन । घाइते माडी छ का बीना घर्तिमगर र पञ्चना विकको रोल्पा अस्पतालमा उपचार भैरहेको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय