त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा यात्रुहरुले सास्ती बेहोर्ने गरेका घटना त सामान्य भैसके । अध्यागमन बिभाग र बायु सेवा कम्पनिको लापरबाहीले यात्रुहरुले सास्तीमात्रै होईन, उडानबाटै बन्चित हुनु परेका घटनाहरु सार्बजनिक हुन थालेका छन ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल रहेको अध्यागमन बिभाग र वायु सेवा कम्पनिको झन्झटिदो प्रकृयाका कारण यात्रुहरुले सास्ती भोग्नु परेको गुनासो बढ्दै गएको छ । बिमानस्थलमा कर्मचारीहरुले अनावस्यक दुख दिने गरेको यात्रुहरुले गुनासो गरेका छन । सोधपुछका क्रममा अनेक प्रश्न गरेर लामो समय लिने गरको कारण कतियय यात्रुहरु यात्रा गर्नबाट बन्चित समेत हुनु परेको छ । सनिबार बिहान ९ बजे बिमानस्थल कर्मचारीका कारण ४ जना यात्रु आफ्नो गन्तब्य जानबाट बन्चित भए । कर्मचारीले करिव डेढ घण्टा सोधपुछ मै बिताउदा उनीहरुको उडान समय नै घर्कियो र उनीहरु बिचल्लीमा परे ।

संयोगबस सोही समयमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले दिल्ली भम्रण सकेर त्रिभुव अन्तराष्ट्रिय बिमानमा आईपुगे । पीडित यात्रुहरु मन्त्री आले संग नै गुनासो गर्न पुगे ।सो क्रममा मन्त्री आलेले बिमानस्थलमा हुने यस्ता लापरवाहीले यात्रुले सास्ती पाउने गरेका घटना तत्काल रोक्नु पर्ने बताए ।उनले बिमानस्थलमा हुने यस्ता गतिबिधिले पर्यटन क्षेत्र मै असर पर्ने भन्दै तत्काल समाधानको पहल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय