पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ८ र एन्टिजेन विधिबाट १ हजार ५ सय ९८ जनामा परिक्षण गर्दा पीसीआरमा २ सय ९१ जना र एन्टिजेनमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा ९ लाख १२ हजार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, आज थप ३ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार २ सय ७४ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १५ रहेको छ । सक्रिय संक्रमितमध्ये ६ हजार ६ सय ९९ होम आइसोलेसनमा रहेका छन । ५ सय १६ जना संस्थागत आइसोलेसनमा छन ।

आईसीयुमा २ सय २२ जना र ६७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४ सय ७७ पुगेको छ । एकैदिन १५ हजार ९ सय ६ जनाले कोरोना विरुद्ध खोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय