नेपालमा थप २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ४७८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७८ रहेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ७१ को पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय