जनकपुरधाममा दुई समूहबिच झडप भएको छ। शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो।झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।

स्थिति नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ। जनकपुरधाम २० देवपुर रुपैठामा आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय