सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

शनिबार केन्द्रिय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको भन्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने बताएका हुन् । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउन आफूले आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

कात्तिक २५ गतेदेखि सुरु भएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसीर ९ गते सम्पन्न हुनेछ । ‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय