मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ ।एन्फाले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै दर्शकलाई रंगशालामा प्रवेशका लागी साधारण प्यारापिटतर्फ एक सय र बिशिष्ठ प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरेको जानकारी दिएको हो । एक सातामा चार दिन खेल सञ्चालन गर्ने लक्ष्य अनुसार शुक्रबार, शनिबार, आइतबार र सोमबार खेल हुने बताईएको छ ।

लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० लाख कतार एयरवेजले बेहोर्ने छ । नयाँ सिजनको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । मंसिर ३ गते फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा उद्घाटन खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय