ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् ।ललितपुर स्थित एन्फामैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन । पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो ।

ललितपुरको जितमा कप्तान निर्मला विकले निर्णायक गोल गरिन । अन्तिम सेमिफाइनल खेलमा गौरिगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै धनगढी पनि राष्ट्रिय लिगका लागि छनोट भएको छ । सुरुआतबाटनै दबाबर दिएकर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो दोस्रो हाफमा थप तीन गोल गर्दै ललितपुरसँगको भिड्न्त पक्का गरेको हो ।

३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ । खेल सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय