सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । शु्क्रबार काठमाडौंमा फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोरोना खोप अभियानबारे पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो ।

खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालहरुमा उपलब्ध हुनेछ । खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिन लागिएको विभागले जनाएको छ ।

खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइने बताईएको छ । फाइजर खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि र १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाउने सरकारको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय