नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चन्द माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन ।

उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए ।कार्यक्रममा अध्यक्ष दाहालले एउटा समयमा जनता, आन्दोलन, संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने दाबी गरे । अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै आफुलाई नेपाली जनताले जन्माएको उल्लेख गरे ।

प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको दाहालको भनाइ छ ।अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय