बृहत् नागरिक आन्दोलनले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा संसदका राजनीतिक दलहरू मौन बसिरहे उनीहरूविरुद्ध चाहिँ आन्दोलन थाल्ने चेतावनी दिएको छ । विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले न्यायिक नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर न्याय सेवा चलायमान गराउन सहयोग गर्नुपर्ने राजनीतिक दलहरूले अकर्मण्य मौनता साँधेको आरोप लगाएको हो ।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबरा आफ्ना सहकर्मी न्यायाधीशहरूको बहिष्कार र अधिवक्ताहरूको आन्दोलनबाट एक्लिए पनि राजनीतिक नेताहरूको अनिर्णयको लाभ पाइरहेको र न्यायपालिका आफैं बन्दी हुन पुगेको उल्लेख छ । राजनीतिक दलहरुले लोकतन्त्र र संविधानमा प्रत्यक्ष आघात पार्नेगरी न्यायपालिकामा जारी संकटप्रति आफ्नो जिम्मेवारी र कर्तव्य महसस नगर्नु गम्भीर राजनीतिक विचलन’ भएको आरोप बृहत् नागरिक आन्दोलनको छ ।

नेपाल बारको नेतृत्वमा बिहीबार सर्वोच्च अदालतको परिसरभित्रै भएको प्रदर्शनमा बल प्रयोग गरिएकोमा पनि आन्दोलनले आपत्ति जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय