नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनको मूल्य वृद्धिको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम गर्ने जनाएको छ । सरकारले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

विप्लव नेकपाले आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी वक्तव्यमा उल्लेख गरिएको छ ।यस्तै, अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत रहेको विप्लव समूहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय