दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।

मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चोरी भएको हो । नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पूजारीले स्थानीयवासीलाई खबर गरेका थिए । विसं २०५२ मा मन्दिर जीर्णद्वारको बेला राखिएका उक्त मूर्ति चोरी भएका अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय