शेयर बजारमा नेप्से परिसूचक उच्च अंकले घटेको छ । बिहीवार नेप्से ५९ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६ सय ९० दशमलव २९ विन्दुमा झरेको छ । सबैभन्दा बढी बीमा, फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयरमा गिरावट आएको छ ।

आज ९४ लाख ७५ हजार कित्ता शेयर पाँच अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ४७ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजार ओरालो लागेपनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय