सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा छ जना घाइते भएका छन् । नेपाल वार एशोसियनले गरेको विरोधमा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठीचार्ज गर्दा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका हुन ।

झडपपछि पनि अदालत परिसरमा वकिल र प्रहरीबीच केही समयविच घम्साघम्सी भएको थियो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका कानुन व्यवसायीले मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । नेपाल बारमा भएको प्रदर्शन नियन्त्रणका लागि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय