राष्ट्रपति विद्यादेवी भण्डारी छठको मुख्यदिन आज कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएकी हुन । कमलपोखरी जानु अघि राष्ट्रपति भण्डारी गौरीघाट पनि पुगेकी थिइन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको थियो । भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय